About us

विगतको केही वर्षदेखि निरन्तर चलचित्रको क्षेत्रमा काम गर्दै समाजको भलाइका लागि हामीले सूचनामूलक एवं सन्देश बोकेका चलचित्रहरू दर्शकहरुका माझ देखाइरहेका छौ। प्रतिफल फिल्मदेखी सुरु भएको हाम्रो यात्रा अहिले गएर अहुरी इन्टरटेनमेन्टको नामले हामी सबै माझ उपस्थित छौं। एउटा पछि अर्को गर्दै निरन्तर रुपमा हामीले चलचित्रको विकास गर्दै गइरहेका छौ। एकअर्कासँग सिक्दै, गल्ति नदोहोराएर दर्शकहरूको माग अनुसार निरन्तर राम्रा राम्रा प्रस्तुतिहरु देखाउने नै हाम्रो मुल उद्देश्य हो। "7 boys" भन्ने युवाहरूको कथा समेटेको फिल्मबाट हाम्रो यात्रा सुरु भएको थियो। दर्शकहरुले सुरुवातदेखि नै हाम्रो प्रस्तुतिलाई एकदमै मन पराउनु भयो जसले गर्दा झनै विभिन्न थरिका प्रस्तुतिहरु बनाउन र देखाउन झन झन हौसला मिल्दै गयो।

यहाँ सम्मको यात्रा सजिलो भने अवश्य नै थिएन। धेरै जनाले आफ्नो अमुल्य साथ दिएर सधै हामीलाई हौसला दिएर सहयोग गरिराख्नु भएकै छ। विभिन्न स्थानहरुबाट हामीलाई सहयोग गर्ने ति सहयोगी हातहरुलाई हामी सधै सम्मान गर्नेछौ। यहाँहरूको सहयोगले नै हामी जुन ठाउँमा छौं, त्यो ठाउँसम्म पुग्नलाई आधार बनेको हो। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावलाई हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.