प्रथम धौलागीरी चलचित्र महोत्सव २०७८ समापन/ The First Dhaulagiri Film Festival 2021 Closing - Organizer AHURI ENTERTAINMENT PVT.LTD

"पर्यटन प्रबर्द्धन र कला संस्कृतिको संरक्षक, अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन" भन्ने मुल नाराका साथ २०७८ पौष ७ देखि १० गते सम्म अहुरी इन्टरटेन्मेन्ट प्रा. लि. को आयोजनामा "प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८" भब्य र सभ्यताका साथ सप्पन्न भयो ।

पौष १० गतेका दिन यस प्रा.ली. का अध्यक्ष /सम्योजक/ निर्देशक/ लेखक/ कलाकार श्री विशाल लोहनी ज्यु अध्यक्षता समापन कार्यक्रममा गण्डकी प्रदेश सभाका माननीय संसद श्रीमती ललित कला गुरुङ ज्युको प्रमुख आतिथ्यतामा तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव श्री जनकदीप पराजुली ज्युको विशिष्ट आतिथ्यता र समाजकै सचिब अरुण कुमार प्रधान ज्युको आतिथ्यतामा यस धौलागिरीमा जन्म भई चलचित्र क्षेत्रमा उच्च योगदान गर्नुभएका तीन वटा बिधामा दोसल्ला ओडाई सम्मान गरियो जस्मा चलचित्र निर्देशक तर्फ (पुर्ब नेपाल चलचित्र निर्देशक समाजका महासचिव) श्री गोपाल चन्द्र लामिछाने ज्यु, चलचित्र लेखक तथा साहित्य तर्फ श्री अभिनास श्रेष्ठ ज्यु र चलचित्र पत्रकारिता तर्फ श्री जीवन पराजुली ज्युलाई सम्मान गरियो ।

यस क्षेत्रमा रहेर चलचित्र निर्देशन, लेखन, नित्य, प्राबिधिक र कलाकारहरुलाई समेत प्रशन्सा पत्र प्रदान गरिएको जस्मा धौलागिरी क्षेत्र (पर्बत, बागलुङ, म्यादी र मुस्ताङ) बाट सहभागी हुनुभयो थियो । महोत्सव स्वागत मन्तव्य प्रा.लिका/ नेपाल चलचित्र निर्देशक समाज बर्तमान सदस्य/ निर्देशक /कलाकार श्री थमान सिंह पुर्जा पुन ज्युले गर्नु भएको थियो भने "प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८"को बारेमा प्रा.ली.कै/ निर्माता/ कलाकार श्री रामप्रसाद पौडेल(आर. सि) ज्यु का साथै अध्यक्ष बिशाल लोहनी ज्युले आफ्नो मन्तब्य भासणमा प्रस्ट पार्नु भएको थियो ।

The 1st Dhaulagiri Film Festival 2021

Video Link:-

https://youtu.be/V1pcPnK_HTY


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.