विगत केहि वर्ष यता देखि कोभिड १९को प्रभावले विश्व आक्रान्त भएको थियो र त्यसमा नेपाल पनि अछुतो रहेन सबै व्यवसायहरु अस्तब्यस्त रहे । त्यसैमा पनि हाम्रो चलचित्र क्षेत्र पनि ठुलो मारमा परेको यहाहरुलाई अवगतनै छ । हाल कोभिड १९को असरले नेपाल निकौ सुरक्षित रहेको नेपाल । सरकारको घोषणा संगै हामी सामान्य गतिमा फर्किसकेका छौ । अस्तब्यस्त जनजीबनलाई फेरी सामान्य बनाउदै देशभर बिभिन्न कार्यक्रमहरु, महोत्सवहरु सञ्चालन हुदै गईरहेको अवस्थामा यस अहुरी इन्टरटेन्मेन्ट प्रा लि किर्तिपुर काठमाडौं र विभिन्न कलासंग जोडिएका संघ संस्थाहरुको सहकार्यमा आयोजित “प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८” पत्रकार सम्मेलनमा यहाहरुलाई हार्दिक स्वागतम् ।
गण्डकी प्रदेश अन्तर्गत धौलागिरीको सन्दर नगरी कश्मा पर्वत मा “पर्यटन प्रर्वदन कला र संस्कृतिको संरक्षण, अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन” भन्ने मुल नाराका साथ धौलागिरीको गौरव “प्रथम धौलागिरी चलचित्र महोत्सब २०७८ को आयोजना धौलागिरी (गण्डकी प्रदेश) पर्वत जिल्ला कुश्माको शिद्देश्वर चलचित्र हलमा यहि पौष ७ देखि १० गते सम्म आयोजना हुने यहा समक्ष जानकारी गराउदछौ ।
संयोजक (अध्यक्ष) विशाल लोहनी
(अहुरी इन्टरटेन्मेन्ट प्रा.ली.) for more information: visit our youtube channel: www.youtube.com/PratiphalFilmswww.ahurientertainment.com.npwww.bishallohane.com.np