Film Festival 2078 at Kushma Parbat- Gandaki Province Nepal by AHURI ENTERTAINMENT

निर्देशक, संम्पादक, छायांकन र अन्य मनोरञ्जित दर्शकहरुको माग र आवश्यकता तथा बजारको मागमा आधारित विभिन्न स्थानमा लुकेर रहेका वहुप्रतिभा, छायांकनमा नपरेका सुन्दरताले भरिपूर्ण रमणीय स्थल र राम्रो प्रतिभा हुदा पनि आर्थिक कारणले पछाडी परेका कलाकारहरुलाई प्रोत्साहन र राष्ट्रिय स्तरमा पुर्याउन सहयोग प्रदान गरि यहि अहुरी इन्टरटेन्मेन्ट प्रा.ली को माध्यमबाट अनायश्म ओझेलमा परेका कलाकार र पर्यटकिय स्थललाई देश तथा विदेशमा उच्च पहिचानमा पुर्याउने उद्देश्य अनुरुप सञ्चालित यस धौलागिरी अञ्चल अन्तर्गत पर्वत, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्गका कलाप्रेमीको माग र आवश्यकता अनुसार चार (४) दिने “प्रथम धौलागिरी चलचित्र महोत्सव पर्वत” विभिन्न विधाका चलचित्रहरु प्रर्दशन गरिनेछ ।

धौलागिरी अञ्चल आफैमा एउटा सुन्दरताले भरिपूर्ण र पर्यटनको हिसाबले खानी नै छ । कला संस्कृतिको जर्गेना गर्दै आईरहेको, यस ठाँउमा राष्ट्रिय तथा स्थानिय ठाँउहरुलाई मध्यनजर गर्दै पर्यटन प्रबद्र्घन र कला संस्कृतिको संरक्षण तथा अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्नको लागी यो प्रस्तावना तयार पारिएको छ । संस्थाको बारेमा: यस अहुरी इन्टरटेन्मेन्ट प्रा.ली.ले विगत दुई वर्ष देखि चलचित्र, लघु चलचित्र, गीती भिडियो आदि निर्माण गर्दै आएको छ ।


यस संस्थाका संस्थापक सदस्यहरु निम्न अनुसार रहेका छन ।

१. विशाल लोहनी (अध्यक्ष)

२. राम प्रशाद पौडेल (आर.सी)

३. थमान सिंह पुर्जा पुन


https://youtu.be/V1pcPnK_HTY

Programme Video

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.